संवैधानिक परिषद् विधेयकबारे पार्टीभित्र छलफल हुन्छ : कांग्रेस केन्द्रीय सदस्य कँडेल

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सरकारले अघि बढाएको संवैधानिक परिषद् विधेयकबारे पार्टीभित्र छलफल हुने बताएका छन् । सोमबार पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय सानेपा पुगेका नेता कँडेलले आफूहरूले  विगतमा संवैधानिक परिषद् विधेयकको विरोध गरेको र अहिले त्यस्तै विषय आउन नहुने बताए । 

 ‘संवैधानिक परिषद् विधेयकमा हामीले विगतमा विरोध गरेका थियौँ,’ उनले भने, ‘अहिले त्यस्तै विधेयक आउनुहुँदैन। यसबारे पार्टीमा छलफल हुन्छ।’

सुझावित समाचार