पार्टीभित्रको अन्तरविरोधलाई कम गरेर निर्वाचनमा जानुपर्छ : प्रदीप पौडेल

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्रको अन्तरविरोधलाई कम गरेर प्रादेशिक तथा संघीय निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन सानेपा पुगेका नेता पौडेलले पार्टीभित्र वृहत एकता गरी आगामी निर्वाचनमा जानुपर्ने बताए । 

‘अन्तरविरोधलाई कम गरेर कसरी जानेबारे बैठकमा छलफल हुन्छ । गणितीय पक्षबाट मात्रै नहेरि गठबन्धन गर्ने नगर्नेबारे पनि छलफल हुन्छ’, उनले भने, ‘सरकारले जनजिविकाका सवालमा प्रभावकारिता बढाउनुपर्छ। अलोकप्रिय काम गर्नु हुँदैन । पार्टीका सबै समितिलाई पुर्णता दिने र स्थानीय तह निर्वाचनको समीक्षा सकेर प्रदेश  र स्थानीय तह निर्वाचनमा केन्द्रीत हुनपर्छ।’
 

सुझावित समाचार