चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौंमा

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का विदेश समन्वय विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली नेपाल आइपुगेको छ । आठसदस्यीय टोलीको नेतृत्व गर्दै लिउ काठमाडौं आइपुगेका हुन्  । 

नेपाल आएका उनीहरू चार दिन रहनेछन् । लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री नारायण खड्का, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

लिउले आज प्रधानमन्त्री, भोलि प्रचण्ड र पर्सि ओलीसँग भेट्ने कूटनीतिक  स्रोतले जानकारी दिएको छ ।

सुझावित समाचार