एकदिवसीयमा सर्वाधिक विकेट

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

श्रीलंकाका अफ स्पिनर मुथैया मुरलीधरणले एकदिवसीय क्रिकेटमा आफ्नो नाममा एक विश्व कीर्तिमान राखेका छन् । मुरलीधरण एकदिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने बलर हुन् ।

उनले तीन सय ५० खेलमा पाँच सय ३४ विकेट हात पारेका छन् । श्रीलंकाली टोलीबाट उनले सन् १९९३ देखि २०११ सम्म निरन्तर क्रिकेट खेलेका थिए । यसक्रममा उनले तीन सय ४१ इनिङ्स खेले । आफ्नो २८ वर्षको क्रिकेट करिअरमा उनले एकदिवसीय खेलमा १८ हजार आठ सय ११ बल फ्याँके ।  

राष्ट्रिय टोलीमा सर्वाधिक गोल

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो वर्तमान समयकै उत्कृष्ट फुटबलरमा पर्छन् । फुटबलर करिअरकै उत्तराद्र्धमा रहेका रोनाल्डो राष्ट्रिय टोलीबाट कीर्तिमानी रूपमा गोल गरेका छन् । उनले अहिलेसम्म कीर्तिमानी रूपमा एक सय १७ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोले इरानका अलीको कीर्तिमान तोडेका थिए । उनले एक सय नौ गोल गरेका थिए । रोनाल्डोले पोर्चुगलबाट एक सय ८९ खेल खेलेका छन् । सन् २००३ को ९ अगस्टमा उनले डेब्यु गरेका थिए । 

सुझावित समाचार