नेपाल–चीन लगानी सम्मेलनमा सहयोग गर्न महासंघको आग्रह

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल–चीन लगानी सम्मेलन आयोजना गर्ने भएको छ । महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग लगानी सम्मेलन गर्न दूतावासको तर्फबाट सहयोग गर्न आग्रह गरे । 

महासंघले प्रमुख प्राथमिकताका साथ लगानी सम्मेलन आयोजना गर्न चाहेको बताउँदै कार्यवाहक अध्यक्ष ढकालले त्यसमा राजदूतको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताए । नेपालमा चिनियाँ लगानी प्रवद्र्घन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

कोभिडपछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनियाँ लगानी ल्याउने कार्यमा हाम्रो कूटनीति सक्रिय रूपमा लाग्नुपर्ने उनले सुझाव दिए । उनले नेपाली वस्तुहरूको चीनमा निर्यात बढाउन र नेपालमा चिनियाँ पर्यटक भित्र्याउन राजदूतावासको सहयोग महत्वपूर्ण हुने पनि बताए । 

दुवै देशका सरकारको सहयोगमा सन् १९९६ मा स्थापित नेपाल–चीन गैरसरकारी सहयोग मञ्चमार्फत दुई देशबीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, सीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कूटनीतिक तवरबाट पनि सहयोग हुनुुपर्नेमा कार्यवाहक अध्यक्ष ढकालले जोड दिए । 

राजदूत श्रेष्ठले महासंघसँगको भेटघाट उपलब्धिमूलक भएको बताउँदै महासंघले  दिएका सुुझावलाई प्राथमिकता दिएर अगाडि बढाउने विश्वास दिलाए । उनले कृषि क्षेत्रको विकासका लागि सहकार्य गर्न चिनियाँ प्रविधि तथा लगानी भिœयाउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकता रहेको पनि सुनाए ।

नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसँग आर्थिक–व्यावसायिक सम्बन्ध गाँस्ने रणनीतिसहित नेपाली वस्तुको निर्यात चीनमा बढाउने योजना रहेको उनको भनाइ थियो । 

सुझावित समाचार