जनप्रतिनिधिलाई उपसभापति खड्काको सुझाब– उत्तरदायी भएर काम गर्नुहोस्

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण
जनप्रतिनिधिलाई उपसभापति खड्काको सुझाब– उत्तरदायी भएर काम गर्नुहोस्

फाइल तस्बिर

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी भएर काम गर्न सुझाब दिएका छन् । नेपाली कांग्रेस स्याङ्जाले बिहीबार पुतलीबजारमा आयोजना गरेको नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा उपसभापति खड्काले निर्वाचनका वेला मतदाताले गरेका अपेक्षाहरू पूरा गर्न तथा जनतासामु गरिएका प्रतिबद्धता पूरा हुने गरी अगाडि बढ्न निर्वाचित जनप्रतिनिधिहरूलाई सुझाब दिएका हुन् । 

‘नेपाली कांग्रेसले तयार पारेको घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई पूरा गर्ने गरी जनप्रतिनिधि लाग्नुहोस्,’ उनले भने, ‘पार्टीको आधिकारिक घोषणापत्रअनुसार अगाडि बढेको खण्डमा जनताको विश्वासनीयता पार्टीप्रति बढ्दै गई पार्टी बलियो हुँदै जानेछ ।’ रासस 

सुझावित समाचार