एसियन प्यासिफिक फाइनलमा

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

एसियन प्यासिफिक र टिम किरण ऋत एसइई कप थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् । आयोजक ऋत एकेडेमीको वसुन्धारास्थित कोर्टमा बुधबार भएको सेमिफाइनलमा एसिया प्यासिफिकले बलर्स एकेडेमीलाई ६–४ ले पराजित गर्यो ।

अर्को सेमिफाइनलमा टिम किरणले हिमालयन गल्र्सलाई ८–४ ले हरायो । पुरुषतर्फ आयोजक ऋत, न्यु जेनिथ ‘बी’ र एन्जल्स हार्ट ‘ए’ सेमिफाइनलमा पुगे । ऋतले स्किब्सलाई ५–४ ले हरायो ।

न्यु जेनिथ ‘बी’ले एन्जल्स हार्ट ‘बी’ लाई ८–६ ले पाखा लगायो । एन्जल्स हार्ट ‘ए’ ले इन्साइट भिजन ‘बी’लाई ६–५ ले पराजित गर्यो । सेमिफाइनलमा ऋतले न्यु जेनिथ ‘बी’को सामना गर्नेछ । 

सुझावित समाचार