सातामा करिब नौ प्रतिशतले बढ्यो नेप्से

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा नेप्से सूूचक नौ दशमलव ९५ प्रतिशतले बढेको छ । यस हप्ता ६ दिन कारोबार भएको बजारमा एक सय ६६ दशमलव ७१ अंकले बढेर दुुई हजार २८ दशमलव ७७ बिन्दुुमा आइपुुगेको छ ।

परिसूचक गत साता एक हजार आठ सय ६२ दशमलव शूून्य ६ मा  बन्द भएको थियो । त्यस्तै, सातामा ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स ६ दशमलव ५० अंकले बढेको छ । लगानीकर्ताले राखेको माग सम्बोधन हुने अपेक्षा र सरकारले पनि बजारप्रति सकारात्मक देखाउन थालेपछि बजारमा सुधार हुुँदै आएको छ । नेप्से सूूचक एक हजार नौ सयको मनोवैज्ञानिक परीक्षणबाट उकालो लागेसँगै दुुई हजारको परीक्षण गरिरहेको छ ।

यस हप्ता कारोबार रकममा पनि ३९ दशमलव ५० प्रतिशतले वृद्धि भएको ६ सातामा १० अर्ब ६४ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । यस हप्ता औसत कारोबार एक अर्ब ७७ करोड रुपैयाँ रहेको छ । सबभन्दा बढी नाफा कमाउने कम्पनीमा सिवाइसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् । यस संस्थाका लगानीकर्ताले ७७ प्रतिशत नाफा गरेका हुन् ।

त्यसैगरी, आँखुुखोला लघुुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३८ दशमलव १९ प्रतिशतले नाफा आर्जन गरेका छन् । त्यसैगरी, नेपाल रिइन्स्योरेन्स कम्पनी, न्यादी ग्रुुप पावर कम्पनीका लगानीकर्ताले  सर्वाधिक नाफा आर्जन गरेका छन् । सातामा सबैभन्दा धेरै कारोबार हिमालय लिस्टिलरीको ३७ करोड रुपैयाँको कारोबार भएको छ भने एसियन लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोष अगाडि रहेका छन् ।

See More On

सुझावित समाचार