आइएमई पे एपबाट नेपाल लाइफको बिमा शुल्क भुक्तानीमा क्यासब्याक

बिहिबार, १६ असार, २०७९
डिजिटल संस्करण

मोबाइल ब्यालेट ‘आइएमई पे’ले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमाशुल्क भुक्तानी गर्दा सेवाग्राहीले क्यासब्याक पाउने भएका छन् । आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफरअन्तर्गत यो सुविधा ल्याइएको हो ।

उक्त एपबाट नेपाल लाइफको बिमा किस्ता भुक्तानीमा ग्राहकले तिरेको मूल्यको शून्य दशमलव पाँच प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक पाउने अफर ल्याएको हो । यसका साथै हरेक दिन एक विजेताले दुई चन्द्रागिरि केबलकार टिकट जित्न सक्ने कम्पनीले जनाएको छ । 

आइएमई पे हालसम्म नेपालको २३ वटा बिमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको जनाइएको छ । नेपाल लाइफको बिमाशुल्क भुक्तानीमा ल्याइएको क्यासब्याक योजनामार्फत अझ बढी ग्राहकलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

यस योजनामा सहभागी हुनका लागि प्रयोगकर्ताको केवाइसी रुजु भएको हुनुपर्ने जनाइएको छ । त्यस्तै, प्रयोगकर्ताले बिमा किस्ताको भुक्तानी तोकिएको दिनभित्र वा तोकिएको दिनको सात दिनसम्ममा गरिसकेको हुनुपर्ने जनाइएको छ ।  

सुझावित समाचार