नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को नेतृत्व दौडमा  कुणाल केयाल र करण चौधरी

शनिबार, १७ असोज, २०८३
डिजिटल संस्करण

काठमाडाैं/ नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को ३२औँ साधारण सभा यही असोज २९ गते आयोजना हुँदैछ। साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

यसपटक संघको अध्यक्ष पदका लागि दुई सदस्यले दाबी प्रस्तुत गर्ने सम्भावना देखिएको छ। अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष कुणाल केयाल र कार्यसमिति सदस्य करण चौधरीबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ।संघको निर्वाचन तालिकाअनुसार असोज २१ गते अध्यक्ष पदका लागि एक जना तथा कार्यसमिति सदस्यका लागि नौ जनाको उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ।

नेपाल–भारत उद्योग वाणिज्य संघको स्थापना वि.सं. २०४९ मा तदर्थ समितिबाट भएको थियो। त्यसपछि वि.सं. २०५१ मा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा द्विराष्ट्रिय उद्योग वाणिज्य संघका रूपमा विधिवत् दर्ता भएको संघले नेपाल र भारतबीच औद्योगिक तथा व्यापारिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन र व्यावसायिक सहकार्यका क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

यदि यसपटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएमा संघको ३३ वर्षको इतिहासमा यो दोस्रो पटक निर्वाचनमार्फत नेतृत्व चयन हुनेछ। यसअघि संघको २२औँ साधारण सभाका क्रममा निर्वाचन प्रक्रियाबाट सौर्य शमशेर जबरा अध्यक्षमा निर्वाचित भएका थिए।

अध्यक्ष पदका सम्भावित दाबेदार दुवै नेपालका प्रमुख औद्योगिक तथा व्यापारिक समूहसँग आबद्ध छन्। कुणाल केयाल वीरगञ्जस्थित केयाल ग्रुपका निर्देशक हुन् भने करण चौधरी सीजी होल्डिङ्स ९चौधरी ग्रुप०का प्रबन्ध निर्देशक हुन्।

सुझावित समाचार