नेप्से परिसूचक ४१.३९ अंकले वृद्धि

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

सेयर बजारमापक नेप्से परिसूचक बुधबार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढे पनि सोमबार र मंगलबार गिरावट भएको नेप्से परिसूचक बुधबार भने वृद्धि भएर कारोबार बन्द भएको हो । 

बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इन्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६७ अंकले बढेको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ४३ लाख १४ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा वृद्धि भएसँगै मंगलबारको तुलनामा कारोबार रकममा पनि केही सुधार भएको छ । अघिल्लो कारोबार दिन १ अर्बबराबरको सेयर कारोबार भएको थियो । 
 

सुझावित समाचार