बाँकेमा चट्याङ लागेर बालकको मृत्यु

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका राप्तीसोनारी– ३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।
 
थारूसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ । 

सुझावित समाचार