आज मानो रोपेर मुरी उब्जाउने दिन (फाेटाेफिचर)

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

आज असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिन । किसानका लागि आजको दिन विशेष हुन्छ । देशभरका किसानले आज धान रोपेर यो दिवस बनाउँदै छन् । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रकाे आयोजनामा आज खुमलटारमा रोपाइँ गरेर धान दिवस मनाइएको छ।  

आजकाे दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।   धान दिवसका अवसरमा आज खेतमा काम गर्दै दहीचिउरा खाने चलन पनि छ । 

धान दिवसकाे अवसरमा खुमलटारस्थित खेतमा नयाँ पत्रिकाका अमुल थापाले खिचेका रोपाइँका केही दृश्य :

सुझावित समाचार