गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदमुक्त गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश कमिटी बैठकले अध्यक्ष थापाले पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको ठहर गर्दै बर्खास्त गरेको हो।
थापालाई पदमुक्त गरेर कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दुर्गाप्रसाद जोशीलाई दिइएको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए। स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरेको पुष्टि भएपछि थापालाई अनुशासनको कारबाही गरिएको सचिव पाठकले बताए। यसअघि एमाले जिल्ला सचिवालय बैठकले पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाउँदै अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको थियो।
‘जिल्ला सचिवालयबाट कारबाहीको सिफारिस आएपछि प्राप्त दस्ताबेज हेर्याैँ, तथ्य, प्रमाणहरू केलायौँ। तथ्यप्रमाण हेर्दा जिल्ला अध्यक्षले चुनावमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेर अनुशासनको गम्भीर उल्लंघन गरेको देखिएकाले जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो,’ सचिव पाठकले भने, ‘अध्यक्ष पदमुक्त भएपछि विधानअनुसार उपाध्यक्षलाई प्रदेश कमिटीले कार्यवाहक अध्यक्ष तोकेको छ।’
एमाले कैलालीका अध्यक्ष पदमुक्त, अन्तर्घात गरेको ठहर
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
१ हप्ता अघि
सुझावित समाचार
मन्त्र थकालीको भान्सामा साङ्ला र भुसुना भेटिएपछि अढाई लाख रुपैयाँ जरिवाना
काठमाडौं/ महाराजगन्जस्थित मन्त्र थकाली रेस्टुरेन्टको खानामा किरा भेटिएको उजुरी परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण …
शनिबार १० बजेसम्मका प्रमुख १० खबर
शुक्रबार अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेन, भित्ता काटेर ट्र्याक बनाइँदै पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका&ndash…
शुक्रबार अवरुद्ध पृथ्वी राजमार्ग अझै खुलेन, भित्ता काटेर ट्रयाक बनाइँदै
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५, गलौदी नजिक सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार…
कोशी प्रदेशमा भाषा विधेयक विवादले प्रदेश सभा बैठक प्रभावित, किराँत भाषालाई पनि मान्यता दिन माग
विराटनगर/ भाषा विधेयक पारित गर्ने विषयमा सांसदहरूबिच मतभेद भएपछि कोशी प्रदेश सभाको बैठक प्रभावित भएको छ। मैथिली र लिम्बूसँग…
टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असइ महाकाली नदीमा बेपत्ता
कञ्चनपुर/ कञ्चनपुरको क्षतिग्रस्त दोधाराचाँदनी झोलुंगे पुल क्षेत्रमा नेपाल टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका एक सहायक निरी…
नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ : सभापति गगन थापा
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूप…