केन्ट आरओ वाटर प्युरिफायरले हैजाको नियन्त्रणमा मद्दत गर्ने दाबी

मंगलबार, १४ असार, २०७९
डिजिटल संस्करण

केन्ट आरओ प्युरिफायरले धाराकोे पानी वा बोरवेलको पानीमा रहेको भाइरस तथा ब्याक्टेरियालाई नष्ट गर्न सक्ने क्षमता भएको कम्पनीले जनाएको छ । यो पानीलाई शुद्ध बनाउनका लागि घुलनशील अशुद्धता मात्र हटाउने नभई भाइरस र ब्याक्टेरियाजस्ता रोगजन्य कीटाणुहरूलाई पनि नष्ट गर्ने वाटर प्युरिफायर हो । 

यसले बजारमा सबैभन्दा राम्रो वाटर प्युरिफायर भएका कारण विभिन्न गुणस्तर प्रमाणपत्र र पुरस्कारहरू प्राप्त गरेको कम्पनीले जनाएको छ । यो वाटर प्युरिफायमा आरओ, युभी, युएफ, टिडिएस कन्ट्रोलसहितको बहुशुद्धीकरण प्रक्रिया रहेको कम्पनीको दाबी छ । त्यस्तै, यसले आवश्यक खनिजहरूको अवधारण गर्ने, पानी सफा र शुद्ध राख्न भण्डारण ट्यांकीमा युभी एलइडी रहेको जनाइएको छ । यस्ता सुविधा र गुणहरूले गर्दा केन्ट आरओ वाटर प्युरिफायरहरूलाई शुद्ध पिउने पानी र हैजाजस्ता पानीजन्य रोगहरूबाट बचाउनका लागि आदर्श उपकरण मानिएको कम्पनीको दाबी छ । 

हैजाको जोखिम कारकहरूमा अशुद्ध पिउने पानी, कम सरसफाइ र असुरक्षित खाना रहेका हुन्छन् । हैजा संक्रमित पानीले संक्रमण गरी पिउने सबैलाई बिरामी पार्न सक्ने सम्भावना रहन्छ । केन्ट आरओमा शुद्धीकरण गरिएको पानीले हैजाको रोकथाममा महत्वपूर्ण हुने कम्पनीको दाबी छ ।

सुझावित समाचार