लागूऔषध गाँजासहित मोरङमा तीनजना पक्राउ परेका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिका- ५ मा शंकास्पद रूपमा जेब्रा झोलामा ८ केजी गाँजा बोकेर हिँडिरहेको अवस्थामा सोमबार बिहान तीनजना पक्राउ परेका हुन्।
जेब्रा झोलामा गाँजा बोकेर राजमार्गमा हिँड्दै गर्दा पक्राउ पर्नेहरू धनकुटा साँगुरीगढी गापा- ८ का ३० वर्षीय सुरेन्द्र राई, २९ वर्षीय मिलन राई र बाला राई रहेका छन्। पक्राउ परेका सबै आरोपीबारे इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको मोरङ प्रहरीले जनाएको छ।