आइजिपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

सोमबार, १३ असार, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै छ । असार ५ गते सुनुवाइ भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको छ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआइजी पोखरेलले ०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए । 

See More On

सुझावित समाचार