गोँगबुबाट हतियारसहित दुईजना पक्राउ

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

गोँगबुस्थित नयाँ बसपार्कबाट हातहतियारसहित दुईजना पक्राउ परेका छन्। प्रहरी प्रभाग गोँगबुबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं धोबिचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी बर्दघाट–१४ चौपत्ता बस्ने ३० वर्षीय राजु बिक रहेका छन्।

उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, एक थान गोली, एक थान खोका र हातमा लगाउने एक थान फलामको पञ्च बरामद भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

सुझावित समाचार