काठमाडौं वर्ल्ड स्कुलको ओपन हाउसमा रमाए एसइईका विद्यार्थी

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

काठमाडौं वर्ल्ड स्कुल गुन्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइई दिएर बसेका विद्यार्थी रमाएका छन् ।  एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको कार्यक्रममा विद्यार्थी विशेष गरेर कन्सर्टमा रमाएका हुन् ।

एसइई दिएर बसेका विद्यार्थीलाई एसइईपछिको दिशानिर्देश दिनुका साथै मनाेरञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौं वर्ल्ड स्कुलकी मार्केटिङ एन्ड एडमिसन प्रमुख आरती आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाबाहिरका विभिन्न जिल्लाका विद्यार्थी सहभागी भएको बताइन् । उनका अनुसार पुननपुग एक हजार विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।

एसइई दिएर बसेका विद्यार्थीलाई प्रवेशपत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो ।  कार्यक्रममा सहभागी हुन काठमाडौं, ललितपुर र भक्तपुरबाट आउन चाहने एसइई दिएर बसेका विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था स्कुलले गरेको थियो । काठमाडौंका लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमि भक्तपुरका लागि थिमिचोकमा बिहान १० बजे गाडीको व्यवस्था रहेको थियो । साथै भक्तपुरको पाण्डुबजारबाट भने दिनभरि नै प्रत्येक आधाआधा घन्टाको फरकमा स्कुलले गाडीको व्यवस्था गरेको थियो । 

कार्यक्रममा सहभागी विद्यार्थीलाई एसइईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो । साथै उनीहरूलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिलाइएको थियो । 

कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरासाइनीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालयबाट एइई दिएर बसेका उनी स्कुलमा अध्ययनका लागि बुझ्न कार्यक्रममा सहभागी भएको बताउँछिन् ।

याे स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा रहेको छ । यो ठाउँ अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट करिब दुई किलोमिटर दक्षिण गुन्डुचोक जाने बाटैमा रहेको छ । यहाँ पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँमा स्कुलका दर्जनौँ भव्य भवनहरू रहेका छन् । 

कार्यक्रममा सहभागी हुन तराईको महोत्तरीबाट आएकाे बताउने रोशनकुमार महराले गाउँमै एसइई दिएको र अब यो स्कुलमा पढ्न चाहेको बताए । यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए । आफूले मनोरञ्जनमाभन्दा पनि कलेजको पढाइबारे बुझेको उनले सुनाए । आफूले यहाँ विज्ञान संकाय लिएर पढ्न चाहेको उनले जनाए । स्कुलमा विज्ञान, व्यवस्थापन र ए लेभलको कक्षाहरू सञ्चालन हुन्छन् ।

सुझावित समाचार