‘घटेका वेलामा सेयर खरिद गर्ने उपयुक्त मौका’

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

लगानीकर्ताको आकर्षण मानिने माइक्रो फाइनान्समा पनि भारी गिरावट

‘बजार घटेको छ भने खरिद गर्ने हो, यसलाई मौकाका रूपमा सदुपयोग गर्न पनि सकिन्छ, भोलि यही मूल्यमा सेयर नपाउँदा पछुतो मान्ने धेरै पनि हुन्छन्’ 

लगानीकर्ताका लागि आकर्षक क्षेत्रका रूपमा रहेको माइक्रो फाइनान्स समूहको सेयर मूल्य अहिले उच्च बिन्दुले घटेको छ । पूरै सेयर बजार घटेर न्यून बिन्दुमा आइपुपुग्दा त्यसको प्रभाव माइक्रो फाइनान्समा पनि परेको हो । अहिले बजार उच्च अंकले घटेर नेप्से सूचक १८ सय ६२ को बिन्दुमा आइपुगेको छ । एक वर्षअघि ३२ सयको बिन्दुबाट ओरालो लागेको बजार करिब १४ सय अंकले घटेपछि लगानीकर्ता आत्तिएका छन् ।

साथै, न्यून बिन्दुमा आइपुग्दा लगानीकर्ता सेयर खरिददर बढाउन लागेका पनि छन् । भोलिका दिनमा नाफा आर्जन गर्न चाहने लगानीकर्ताका लागि घटेका वेलामा सेयर खरिद गर्ने उपयुक्त मौका भएको ब्रोकर दिनेश शर्मा बताउँछन् । ‘बजार घटेको छ भने खरिद गर्ने हो, यसलाई मौकाका रूपमा सदुपयोग गर्न पनि सकिन्छ, भोलि यही मूल्यमा सेयर नपाउँदा पछुतो मान्ने धेरै पनि हुन्छन्,’ उनले भने ।

अहिले महँगो मूल्य भएको माइक्रो फाइनान्स कम्पनीका सेयरहरू न्यून मूल्यमा आइपुगेका छन् । नेप्सेमा सूचीकृत माइक्रो फाइनान्सका ५३ मध्ये ३४ वटा कम्पनीको सेयर मूल्य एक हजार रुपैयाँभन्दा कम रहेको छ । १९ वटा कम्पनीको सेयर मूल्य एक हजारभन्दा बढी रहेको छ । 

See More On

सुझावित समाचार