सांग्रिला डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयको शौचालय सार्वजनिक

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो केन्द्रीय कार्यालय बालुवाटारमा रहेको शौचालयलाई सार्वजनिक रूपमा निःशुल्क प्रयोग गर्न दिने घोषणा गरेको छ । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका होटेल, रेस्टुरेन्ट, बैंक, व्यावसायिक कम्प्लेक्स, सपिङमल, गैरसरकारी संस्था तथा अन्य व्यवसायीलाई ऐच्छिक रूपमा आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि खुला गर्न आह्वान गरेअनुसार बैंकले पनि आफ्नो केन्द्रीय कार्यालयमा रहेको शौचालय खुला गर्ने घोषणा गरेको हो । 

शौचालय सर्वसाधारण नागरिकलाई निःशुल्क प्रयोग गर्न दिने विषयमा महानगरसँग सम्झौतासमेत गरेको बैंकले जनाएको छ । सम्झौतामा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी एकाइका नूरनिधि न्यौपानेले हस्ताक्षर गरेको जनाइएको छ । शौचालय बिहान ९.३० बजेदेखि पाँच बजेसम्म मात्र खुला रहने बैंकले जनाएको छ । 
 

सुझावित समाचार