आजको मौसम : आंशिकदेखि भारी वर्षाको सम्भावना

बिहिबार, ९ असार, २०७९
डिजिटल संस्करण

देशका विभिन्न भूभागमा बिहीबार आंशिकदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा दिनभर सामान्य बदली  तथा बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, रातिको समयमा  प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली  रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

पानीका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले  सबैमा अनुरोध गरेको छ ।

See More On

सुझावित समाचार