जिल्ला स्वास्थ्य कार्यालयकाे गेटनजिक खेतमा भेटियो शंकास्पद वस्तु

बुधबार, ८ असार, २०७९
डिजिटल संस्करण

जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेटनजिकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उक्त वस्तु भेटेपछि प्रहरीलाई खबर गरेका छन् । 

भेटिएको शंकास्पद वस्तु पाइप बम रहेको स्थानीले बताए पनि  जिल्ला प्रहरी कार्यालय हुम्लाले शंकास्पद वस्तु रहेको जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्णाराज ओझाले जानकारी दिए । 

सुझावित समाचार