जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६० फोरभी आरटिएफआई टिथाइएफबिएस–भिआईको नयाँ मोडल नेपाली बजारमा ल्याउने भएको छ । नेपालमा सार्वजनिक हुन लागेको यो बिएस–भिआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट तीन राइड मोडहरू रेन, अर्वान र स्पोर्ट मोड भएका मोटरसाइकल हुन् ।
यसलाई चालकले सहजता र परिस्थितिका आधारमा मोटरसाइकल कुदाउँदाखेरि परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ । यस फिचर्सले चालकको राइडिङ अनुभवलाई थप सहज र सुरक्षित बनाउने कम्पनीको दाबी छ ।
यसमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटिएफआई) प्रविधि रहेको बिएस–भिआई कम्प्लेन्ट इन्जिन रहेको जनाइएको छ । यो प्रविधि रहेको इन्जिनले माइलेज बढाउने तथा वातावरणमैत्री हुने कम्पनीको दाबी छ ।
साथै, यसमा स्मार्ट एक्स कनेक्ट फिचर रहेकाले ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोड, साथै कल र एसएमएस एलर्टजस्ता आधुनिक सेवा जडान गरिएको कम्पनीले जनाएको छ ।
जसले बाटोमा यात्रा गर्दा अरू सामान्य मोटरसाइकलभन्दा अतिरिक्त फाइदा दिने कम्पनीको दाबी छ । यो मोटरसाइकल असार ९ गते सार्वजनिक गर्ने जनाइएको छ । जगदम्बा मोटर्सको नेपालभर एक सय ३२ भन्दा बढी डिलर रहेको कम्पनीले जनाएको छ ।