बिहान ३ बजे घरबाट निस्किएका पंगेनी पोखरीमा मृत भेटिए

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

पूर्वी नवलपरासीको कावासोती– ८ कैलाश चोकनजिकैको लौडाहा तालमा एकजना ज्येष्ठ नागरिक मृत फेला परेका छन् । मंगलबार बिहान ३ बजेतिर घरबाट उठेर हिँडेका कावासोती– ८ कैलाश चोकनिवासी ७० वर्षीय पूर्णप्रसाद पंगेनी घरदेखि केही पर रहेको लौडाहा तालमा मृत फेला परेका हुन् ।

उनको शव मंगलबार बिहान ९ बजेतिर तालमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेको कावासोती– ८ का वडाध्यक्ष गोकर्ण रिमालले बताए ।

प्रहरीले अहिले घटना स्थलको मुचुल्का तयार पार्ने र घटनाको अनुसन्धान गर्नुका साथै शव पोखरीबाट निकाल्ने काम गरिरहेको छ । घटनाको कारण खुलिनसकेको र घटनाको अनुसन्धान भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

सुझावित समाचार