दाहुवाका सिसिटिभीमा दुई लाखसम्मका उपहार

सोमबार, ६ असार, २०७९
डिजिटल संस्करण

दाहुवा ब्रान्डको सिसी क्यामरा खरिद गर्दा विभिन्न उपहार पाउन सक्ने योजना आएको छ । कम्पनीले पाँच सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्मका उपहार प्रदान गर्ने योजना ल्याएको हो ।  

नेपालका लागि दाहुवा ब्रान्डको आधिकारिक वितरक बिध म्यानेजमेन्ट प्रालिले स्क्र्याच कार्डमार्फत हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको जनाएको छ । कम्पनीले दाहुवा ब्रान्डको कम्तीमा ३० हजारबराबरको सिसी क्यामरालगायतका सुरक्षा उपकरण खरिद गर्ने ग्राहकका लागि स्क्र्याच कार्डमार्फत उपहार प्रदान गर्ने योजना ल्याएको जनाइएको छ । 

यस योजनामा ग्राहकले उपहारमा इ–स्कुटर, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, इन्डक्सन चुलो, मिक्सर–ग्राइन्डर, स्मार्ट फोनदेखि हात खाली नजाने एक हजार, सात सय ५० र पाँच सय रुपैयाँको नगद उपहारसमेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीले नेपालभरिका आधिकारिक डिलरहरूलाई समेत उनीहरूका बिक्रीका आधारमा थुप्रै योजनाहरू ल्याएको जनाएको छ । दाहुवा सिसिटिभी एवं सुरक्षा उपकरणहरू युरोप तथा अमेरिकामा अत्यधिक मन पराइएको ब्रान्ड भएको कम्पनीको दाबी छ । 

उपहारसँगै बिध म्यानेजमेन्टले घर–टोल तथा अफिसमा जडान गर्न सकिने गरी सर्वसुलभ दरमा सिसिटिभीको प्याकेजसमेत घोषणा गरेको छ । यसको सुरुवाती मूल्य २५ हजार रुपैयाँ रहेको जनाइएको छ । 

सुझावित समाचार