राम्दी खोलामा हाम फालेका बराल नवलपुरको कालीगण्डकी नदीमा मृत भेटिए

शुक्रबार, ३ असार, २०७९
डिजिटल संस्करण

स्याङ्जाको राम्दी खोलामा बेपत्ता भएका रुपन्देहीका ५० वर्षीय पुरुष प्रकाशचन्द्र बरालको शव नवलपुरको कालीगण्डकी नदीमा फेला परेको छ ।  उनी गत जेठ २८ गते स्याङ्जाको गल्याङ नगरपालिका– १ मा पर्ने राम्दी खोलाको पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका थिए ।  

उनको शव नवलपुरको बुलिङटार गाउँपालिका– ६ घुमाउरीघाटस्थित कालीगण्डकी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि मध्यबिन्दु जिल्ला अस्पताल डन्डा ल्याइएको र मृतकका आफन्तलाई खबर गरिएको प्रहरीले जनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम वन्तले बताए । 

सुझावित समाचार