साउन २० मा सुवर्णको ‘म’

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

सुवर्ण थापा निर्देशित सिनेमा ‘म’को प्रदर्शन मिति तय भएको छ। निर्देशक थापाले सामाजिक सञ्जालमार्फत सिनेमा साउन २० गतेदेखि देशभर प्रदर्शनमा आउने जानकारी दिएका हुन्।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिनेमा आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरूको कथामा केन्द्रित छ। सिनेमामा सरोज खनाल, निराजन प्रधान, रुबिना थापा, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइलीलगायतका कलाकाहरूको अभिनय छ।

तेन्जिन पाल्देनले छायांकन गरेकाे सिनेमालाई बनिस शाहले सम्पादन गरेका छन्। विमला हुमागाईं निर्माता रहेको सिनेमाको सहनिर्माता पदम पुरी छन्। सिनेमाको कथा प्रकाश पुरीले तयार पारेका छन्।

See More On
म

सुझावित समाचार