नेविसंघ पृष्ठभूमिबाट निर्वाचन लडेकाहरूको विवरण तयार गरिँदै

बिहिबार, २ असार, २०७९
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेविसंघ पृष्ठभूमिबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूको विवरण तयार गर्ने भएको छ। अध्यक्ष डुजाङ शेर्पाले स्थानीय निर्वाचनका क्रममा बनेका केन्द्रीय परिचालन समिति र केन्द्रीय प्रचार-प्रसार समितिलाई परिपत्र गरी यस्तो निर्देशन दिएका हुन्।

अध्यक्ष शेर्पाले पाँचबुँदे परिपत्र जारी गर्दै स्थानीय निर्वाचनमा नेविसंघको पृष्ठभूमिबाट उम्मेदवार भएका नेताहरूको निर्वाचनको परिणामसहितको विवरण पठाउन निर्देशन दिएका छन्।

परिपत्रमा स्थानीय निर्वाचनको स्थलगत प्रतिवेदन पठाउन, प्रदेश तथा संघीय निर्वाचनमा मतदान गर्न योग्य मतदाताहरूलाई परिचय-पत्र बनाउन जनचेतना अभिवृद्धि गर्नसमेत निर्देशन दिइएको छ। त्यस्तै बाढी पहिरो जोखिमयुक्त स्थानको जानकारी राख्न र उत्पन्न हुन सक्ने परिस्थितिका लागि अग्रिम तयारी गर्न निर्देशन दिइएको छ।

See More On

सुझावित समाचार