कर्णाली प्रदेश सरकारले प्रदेश र सुर्खेत जिल्लाका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ। आर्थिक वर्ष ०७८/७९ मा प्रदेशभर सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई २ लाख र सुर्खेत जिल्लाभर राम्रो काम गर्ने उद्यमीलाई १ लाख नगदसहित सम्मान गरिएको हो।
प्रदेशस्तरीयमा कुशे गाउँपालिका– ८ जलजलास्थित नेपाली हाते कागज उद्योगगका सञ्चालक मानबहादुर थापा र सुर्खेतबाट गोलोबल च्याउ तथा कृषि उद्योगका सञ्चालक वसन्तीकुमारी अधिकारी सम्मानित भएका हुन्।
आइतबार उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले नगदसहित सम्मान-पत्र वितरण गरेका छन्।
कार्यक्रमा बोल्दै मन्त्री लामाले कर्णालीका उद्यमीहरूलाई तालिमसहितको आवश्यक सामान दिने बताए। जसले तालिम लिन्छ उसैले आवश्यक सामान पाउनुपर्ने उनको भनाइ छ। आउँदो बजेटमा उद्यमीमैत्री कार्यक्रम र सहुलियतमा ऋणको व्यवस्थ गर्ने उनले बताएका छन्।