अपेक्षा गिरीको ‘बाँकी एउटा सपना’ सार्वजनिक

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

गायिका अपेक्षा गिरीकोे नयाँ गीत सार्वजनिक भएको छ। गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार साँझ ‘बाँकी एउटा सपना’ बोलको नयाँ गीत सार्वजनिक गरेकी हुन्।

गिरी र टंक तिमिल्सिनाको स्वर रहेको गीतको भिडियोमा उनीहरू दुईकै अभिनय देख्न सकिन्छ। गीतको शब्द, संगीत र एजेन्ज टंकले नै गरेका छन्। जीवन शाहीले निर्देशन गरेको भिडियोको सिनेम्याटोग्राफर उत्तम हुमगाईं छन्। दीपेन्द्र बस्नेतको सम्पादनपछि भिडियो शनिबार सार्वजनिक गरिएको हो।

चितवन भरतपुर– १३ उज्ज्वलनगरकी गिरीको यसअघि सोल्टिनी’, ‘हाम्रो माया गलत होकी सही’ र ‘परदेशी’ बाेलका गीत बजारमा आइसकेका छन्।

सुझावित समाचार