पुरातत्त्व अभियन्ता श्रीकृष्ण धिमालले युरोपियन पुरातत्त्व संघको सदस्यता प्राप्त गरेका छन्। लामो समयदेखि पुरातत्त्व उत्खनन र खोजमा सक्रिय पाँचखाल नगरपालिका–७ का धिमाल युरोपियन पुरातत्त्व संघको सदस्य बनेका हुन् ।
धिमालले आफू सदस्यता पाउने पहिलो नेपाली भएको दाबी गरेका छन्। विगत लामो समयदेखि पाँचखाललगायत देशभरका पुरातात्त्विक सम्पदाको खोजीमा निरन्तर जुट्दै आएका धिमालले पुरातात्त्विक सम्पदाको संरक्षणमा सरकारलाई दबाब दिँदै आएका छन्।
उनकै पहलमा पुरातत्त्व विभागले उत्खनन गर्दा पाँचखालमा दरबारको भग्नावशेष र प्राचीन पाइपलाइनलगायतका पुरातात्त्विक संरचना फेला परेका थिए। यससँगै थप सम्भाव्यता अध्ययनका लागि जिओफिजिक्स सर्भे गराउनसमेत धिमालले उल्लेख्य भूमिका खेलेका थिए ।