नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

शुक्रबार, २७ जेठ, २०७९
डिजिटल संस्करण
नारायणगढ–मुग्लिन सडक पुनः सञ्चालनमा

फाइल फाेटाे ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिराले अवरुद्ध सडक नियमित भएको छ। इच्छाकामना गाउँपालिका– ६ तोपे खोलामा बिहान ८ः४५ बजे खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालन भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ११ः१५ बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको छ। बुधबार रातिदेखि पहिराका कारण सो सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। सवारीको लामो लाइन भएका कारण सडकखण्ड पार गर्न घन्टाैँ समय लाग्ने गरेको छ। रासस

सुझावित समाचार