कञ्चनपुर जिससमा कांग्रेसको प्यानल निर्विरोध

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन भएका छन् ।  जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन भएकी छिन् ।

जिसस सदस्यहरूमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लीला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अञ्जुदेवी राना निर्विरोध  निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् । 

सुझावित समाचार