६९ किलोमिटर सडकमा २२ सय भाडा

बिहिबार, २६ जेठ, २०७९
डिजिटल संस्करण

कर्णाली करिडरअन्तर्गत हुम्लाको सल्लीसल्लादेखि बाजुरा जिल्लाको कोल्टीसम्म ६९ किलोमिटर दूरी छ । सल्लीसल्लादेखि बाजुरा जिल्लाको कोल्टीसम्म आवतजावत गर्न यात्रुहरू दुई हजार दुई सय गाडीभाडा तिर्न बाध्य छन् । यातायात व्यवसायीहरूले मनलाग्दी गाडीभाडा असुल्दै आएपछि दैनिक यात्रु ठगिँदै आएका हुन् । ६९ किलोमिटर यात्रा गर्न दुई हजार दुई सय भाडा असुल्दासमेत जिल्लास्थित सरोकारवाला निकाय बेखबर छ । 

राष्ट्रिय सडक सञ्जालबाट हुम्ला जिल्लाका चार गाउँपालिका जोडिएपछि दैनिक हुम्लीवासी यातायात व्यवसायीहरूको दादागिरी र मनलाग्दी भाडाबाट पीडित हुँदै आएका छन् ।हुम्लाको दक्षिणी भेग सडक सञ्जालसँग जोडिए पनि सडक विभागले रुट परमिट  दिएको छैन । रुट परमिट नपाएका यातायात व्यवसायीले  हुम्लाका सर्वसाधारण नागरिकसँग मनलाग्दी भाडा असुल्दै आएका छन् ।

सल्लीसल्लाबाट नेपालगन्ज, सुर्खेतलगायतका सहर झर्न यात्रुलाई मनपरी भाडा असुल्दै आएको यात्रुहरूले गुनासो गर्दै आएका छन् । यातायात व्यवसायीले सल्लीसल्लादेखि मनपरी भाडा असुल्दै आएको सर्केगार्ड गाउँपालिका– ८ का कुमार रोकायाले जानकारी दिए । 
 

सुझावित समाचार