फोहोर विसर्जनमा पुन: अवरोध, बन्चरेडाँडा क्षेत्रका स्थानीयले फोहोरका गाडी रोके

मंगलबार, २४ जेठ, २०७९
डिजिटल संस्करण
फोहोर विसर्जनमा पुन: अवरोध, बन्चरेडाँडा क्षेत्रका स्थानीयले फोहोरका गाडी रोके

फाइल तस्बिर : नयाँ पत्रिका

काठमाडौंको फोहोर विसर्जनमा स्थानीयले पुन: अवराेध गरेका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै स्थानीयले मंगलबार बिहान फोहोरका गाडी रोकेका हुन् ।  बन्चरेडाँडा क्षेत्रका स्थानीयवासीले अहिले फोहोर बाेकेका गाडी रोकेर अवराेध गरेका छन् ।

उनीहरूले आफ्ना माग सम्बोधन भएपछि मात्रै फोहोर फाल्न दिने बताउँदै आएका छन् । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिकालगायत स्थानीयवासीबीच आजदेखि फोहोर फाल्ने सहमति भएको थियो।

उक्त  सहमति भएसँगै  फोहोर बोकेका गाडी आज बिहानैदेखि बन्चरेडाँडातर्फ जाँदै थिए । तर, स्थानीयले पुनः अवराेध गरेकाे काठमाडौं महानगरले जनाएको छ।

See More On

सुझावित समाचार