काठमाडौं महानगरले तयार गर्‍यो सार्वजनिक शौचालयको संकेत

शौचालय सार्वजनिक बनाउन चाहनेले सम्पर्क गर्न आह्वान

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि संकेत चिह्न तयार पारेको छ। सबै सार्वजनिक शौचालयको पहिचान एउटै बनाउन र चिन्न सजिलो होस् भनी संकेत चिह्न तयार पारिएको महानगरले जनाएको छ।

संकेत चिह्नमा गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमा महिला र पुरुषको चिह्न रहेको छ। संकेत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक–निजी साझेदारी इकाइमा सम्पर्क राख्न पनि महानगरले आह्वान गरेको छ।

सुझावित समाचार