नेपाल भित्रियो मनसुनी प्रणाली

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

यस वर्षको मनसुन प्रणाली नेपाल भित्रिएको छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि एक साताअघि नै प्रदेश १ मा मनसुन भित्रिएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको अन्य भू–भागमा भने केही दिनपछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ। मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको महाशाखाले जनाएको छ। यस वर्ष मनसुनमा प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षा हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ।

See More On

सुझावित समाचार