मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ २२ आइतबार ०६:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

औसतभन्दा अगाडि नै भित्रिँदै मनसुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ २२ आइतबार ०६:१२:००

नेपालमा औसत १३ जुनमा मनसुन भित्रिने गर्छ । तर, यो वर्ष दुई–तीन दिनअघि नै भित्रिने आकलन गरिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् । यसपटक बंगालको खाडीनजिकको निकोबार र एन्डमान टापुमा औसतभन्दा अघि नै मनसुनी गतिविधि सक्रिय भएपछि भारतमा मनसुन सुरु भइसकेको छ । 

‘त्यसको अप्रत्यक्ष असर नेपालमा पनि देखिन थालेको छ । जलवाष्पयुक्त हावा प्रवेश गर्न थालेसँगै मनसुन सुरु भएको मानिनेछ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘मनसुन सुरुवातमै सक्रिय हुन्छ कि हुँदैन भनेर अहिल्यै आकलन भइसकेको छैन ।’ करिब चार महिनाको मनसुनी अवधिमा मात्र नेपालमा औसत १५ सय मिलिमिटर पानी पर्छ, जुन वार्षिक वर्षाको ८०.५ प्रतिशत हो ।

यस वर्ष मनसुनमा प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगबाहेक अन्य सबै क्षेत्रमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरिसकेको छ ।

प्रदेश १ का तराई भूभाग, बागमतीका उत्तरपूर्वी, गण्डकीका दक्षिणी, लुम्बिनी, कर्णालीका उत्तर–पश्चिम तथा सुदूरपश्चिमका उत्तरी भेगमा धेरै वर्षा हुन सक्ने प्रक्षेपण छ ।

औसतभन्दा बढी वर्षा आकलन प्रतिशतमा हेर्दा ती क्षेत्रमा ५५ देखि ६५ प्रतिशत हुन जान्छ । सुदूरपश्चिमको पूर्वी, कर्णालीको मध्य, गण्डकीको मध्य–पश्चमी र प्रदेश १ को मध्य भूभागमा पनि औसतभन्दा केही बढी वर्षाको आकलन गरिएको छ । प्रदेश १ का उत्तरी, मधेसका अधिकांश क्षेत्र र बागमतीका दक्षिणी भेगमा भने औसत वर्षाको सम्भावना नै ३५–४५ प्रतिशत मात्रै छ ।