उदयपुरको चौदण्डीगढीमा करेन्ट लागेर एकको मृत्यु

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार मृत्यु हुनेमा सोही स्थानका ४७ वर्षीय धनकुमार राई रहेका छन् ।

गएराति मृतक राईले आफ्नै घरमा सुत्ने समयमा कोठाको ढोका लगाउने क्रममा विद्युतीय तार छुँदा करेन्ट लागी गम्भीर घाइते भएका थिए । तत्कालै उपचारका लागि बेलटारस्थित चौदण्डीगढी अस्पतालमा पुर्याउँदा उपचारको क्रममा उनकाे मृत्यु भएको आचार्यको भनाइ छ । राईको शव पोस्टमार्टमका लागि चौदण्डीगढी अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

See More On

सुझावित समाचार