सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज रुवान्डा प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको आयोजनामा जुन ६ देखि १६ तारिखसम्म हुन लागेको सम्मेलनमा सहभागी हुन उनी शुक्रबार साँझ ७ बजे फ्लाई दुबईको उडानबाट रुवान्डा प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक सुनील पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा .सुरेन्द्रलाल हाडालगायत सहभागी छन् । सम्मेलनमा सहभागी भई मन्त्री कार्की यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।