पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि आइतबार ६ घन्टा सडक अवरुद्ध हुने भएको छ। जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सडक अवरुद्ध हुने जनाएको हो।
चोरमारामा रहेको गिरुबारी खोलाको पुलको बीचमा प्वाल परेको कारण तत्काल मर्मत गर्नुपर्ने भएकाले पुलमा साना तथा ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको प्रशासनले जनाएको छ। झन्डै ५० वर्ष आसपास पुगेका नवलपुरका पुलहरू अत्यन्तै जीर्ण अवस्थामा रहेका छन्। पुलहरू वेलावेलामा मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने गरिएको छ।
