यार्सा टिप्न गएकी महिला हिउँपहिरोमा बेपत्ता, खोजीकार्य जारी

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

बझाङको सुर्मा गाउँपालिकामा यार्सा टिप्न गएकी एक महिला हिउँपहिरोमा पुरिएर बेपत्ता भएकी छिन्। सुर्मा गाउँपालिका– १ मा अवस्थित धनसेरा लेकमा सोही वडाकी ३० वर्षीया सिन्की बोहरा बिहीबार हिउँपहिरोमा पुरिएर बेपत्ता भएकी स्थानीय नरबहादुर बोहराले जानकारी दिए।

यार्सा टिप्न लेकमा गएका वेला राति डेरामा बसिरहेको अवस्थामा आएको हिउँपहिरोले पुरिएर सिन्की बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले पुष्टि गरे। बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि प्रहरी निरीक्षक रमेशदत्त अवस्थीको टोली घटनास्थल गएको उनको भनाइ छ।

सुझावित समाचार