अब ठेकेदार तथा निर्माण कम्पनीले दैनिक कार्य प्रगति विवरण सरकारलाई पेस गर्नुपर्ने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

ठूला विकास निर्माणका आयोजनाको ठेक्का लिएका निर्माण कम्पनीले दैनिक कार्य प्रगति विवरण पेस गर्नुपर्ने नियम सरकारले ल्याउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट प्रस्तुत गर्दै यस्तो नियम कार्यान्वयनमा ल्याइने बताएका हुन् । 

निर्माण कम्पनी तथा ठेकेदारले कार्य सम्पादनमा आलटाल नगरून् भनेर यस्तो नियम ल्याउन लागिएको हो। आगामी वर्षका योजनामा यो नियम लागू हुनेछ।

सुझावित समाचार