कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले रानीजमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत्गृह सञ्चालन गरिने बताए । १५ हजार तीन सय हेक्टरमा सिँचाइ सुविधा विस्तारका लागि बजेट विनियोजन गरिएको हो ।
त्यस्तै, कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए ।