काठमाडौं–चितवन दूरी एक घन्टा हुने गरी सडक निर्माण गरिने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले काठमाडौँ र चितवनको सडक दूरी एक घन्टा मात्र हुने गरी सडक निर्माण गर्ने बताएको छ । आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले काठमाडौँदेखि चितवनको यात्रा एक घन्टामा गर्ने गरी चन्द्रागिरी, चित्लाङ, पालुङ, चितवन द्रुतमार्ग पहिलो चरणमा निर्माण  गर्ने बताएका हुन् । 

दोस्रो चरणमा चितवन, रामपुर, पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अघि बढाइने उनले बताए । बजेटमा पूर्व–पश्चिम राजमार्ग विस्तारलगायतका योजनासमेत समावेश गरिएको छ।

नारायणी नदीमा बहुउद्देश्य सिंग्नेचर पुल निर्माण गर्न सम्भाव्यता अध्यन गरिने बजेटमा भनिएको छ ।

See More On

सुझावित समाचार