उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ र २ मा पर्ने प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको काम अघि बढ्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उदयपुरमा विमानस्थल निर्माण गर्ने घोषणा गरेका हुन् ।
उदयपुरमा विमानस्थल बनाउने चर्चा ४८ वर्षअघिबाट सुरु भएको थियो । झन्डै पाँच दशकसम्म पनि विमानस्थल बन्न भने सकेको छैन । डिपिआरसमेत भइसकेको विमानस्थल निर्माणको कामले अब गति पाउने बताइएको छ ।