आगामी आर्थिक वर्षभित्र बुटवल –नारायणगढ सडकखण्ड चार लेन विस्तार कार्य सम्पन्न हुने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेको बजेटमा आगामी आर्थिक वर्षभित्र बुटवल - नारायणगढ सडकखण्ड विस्तार कार्य सकिने जनाएका हुन् ।
चाइना स्टेट कम्पनीले यसै वर्षभित्र सक्ने गरी सडक निर्माणको ठेक्का लिएको भए पनि काम सकिने वेलासम्म एक चौथाइ काम पनि सकेको छैन । अर्थमन्त्री शर्माले यस वर्ष ८ सय किलोमिटर सडक विस्तार गर्ने गरिनेसमेत जनाए ।
त्यसैगरी पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २० अर्ब ५० करोड विनियोजन गरिएकोसमेत बजेटमा उल्लेख गरिएको छ ।