‘मावि तह उत्तीर्ण विद्यार्थीलाई स्वरोजगार बन्न प्रेरित गर्ने’

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले माध्यामिक तह उत्तीर्ण भएका विद्यार्थीलाई दक्षता हासिल गराई स्वरोजगार बन्न प्रेरित गर्ने बताएका छन् । आर्थिक वर्ष ०७९/ ८० को बजेट सार्वजनिक गर्दै शर्माले शिक्षक र विद्यार्थीको क्षमता वृद्धि गर्नको लागि ८ अर्ब ८८ करोड छुट्याएको बताए ।  

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत  देशभरका एक हजार दुई सय सामुदायिक विद्यालयको सुधार गर्न बजेट छुट्याएको उनले  बताए।

साथै सार्वजनिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सत्र सुरु हुनुपूर्व विद्यालयमै निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने बताए । आगामी आर्थिक वर्षदेखि सरकारी विद्यालयका ६ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिएको बताए । 

See More On

सुझावित समाचार