धान, मकै, गहुँ र तरकारी आयात ३० प्रतिशतले घटाइने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी वर्ष कृषि उपज आयातलाई घटाउँदै लैजाने नीति लिएको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा धान, मकै, गहुँ र तरकारी आयात ३० प्रतिशतले घटाइने उल्लेख छ।

उखु किसानलाई प्रोत्साहित गरी चिनीमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य छ। यस्तै, उखु किसानलाई अनुदान उपलब्ध गराउन ८१ करोड विनियोजन गरिएको छ।

सरकारले निजी क्षेत्रका संस्थाबाट अगाडि बढाइएका ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई अगाडि बढाउन विशेष प्राथमिकता दिने भएको छ। युवा उद्यमी र विदेशबाट फर्किएर उद्यमी बनेकालाई प्रोत्साहित गर्न ट्यालेन्ट फन्ड बनाइने भएको छ। त्यहीबाट अनुदान उपलब्ध गराउने अर्थमन्त्री शर्माले बताए। 

जडीबुटीको विशिष्टता र उपलब्धताका आधारमा प्रत्येक प्रदेशमा प्रशाेधन उद्योग खोल्न प्रोत्साहन गरिने पनि बजेटमा उल्लेख छ। स्वदेशी कच्चा पदार्थको धागो कपडा उद्योग खोल्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने अर्थमन्त्री शर्माले बताए।

See More On

सुझावित समाचार